Script 1
[यो रेकर्डिङ IVR मा प्रयोग गरिने छ। हामीले यसलाई अत्यन्तै आकर्षक बनाउन आवश्यक छ]
नमस्कार! हाम्रो कम्पनीमा फोन गर्नु भएकोमा धन्यवाद! तपाईंको परियोजनाको लागि हरेक भाषामा उत्तम भ्वाइसओभर (पार्श्व स्वर) प्राप्त गर्ने सबैभन्दा उत्कृष्ट तरिका!
कम्पनीको बारेमा थप जान्नला लागि, एक थिच्नुहोस्।
तपाईं परियोजना पेश गर्न वा हाम्रो बिक्री टोलीसँग कुरा गर्न चाहनुहुन्छ भने, दुई थिच्नुहोस्।
हाम्रो सहयोगी उत्पादन व्यवस्थापन टोलीबाट सहायता आवश्यक पर्छ?
कुनै समस्या छैन! कृपया तीन थिच्नुहोस्।
गुणस्तरसँग सम्बन्धित सोधपूछका लागि, चार थिच्नुहोस्।
केही उपायहरू पाउनुभयो? सुझावहरू? हामी सुन्न चाहन्छौं! पाँच थिच्नुहोस्।
[कृपया यसलाई कानेखुसी गरे जसरी पढ्नुहोस्] Psst! टोलीको हिस्सा बन्न चाहनुहुन्छ?
[अघिल्लो भ्वाइसमा फर्कनुहोस्] हामीले नियुक्त गर्दै छौं!
कृपया हाम्रो वर्तमान कामका अवसरहरूको बारेमा थप जान्नका लागि हाम्रो वेबसाइटमा जानुहोस्!
Script 2
[यो रेकर्डिङ हाम्रो बजारीकरण अभियान भिडियोमा प्रयोग गरिने छ। हामीले यसलाई महाकाव्य, रोचक र केही रहस्यमय सुनिने बनाउन आवश्यक छ।]
भ्वाइस ओभर भेटिन गाह्रो भएको युगमा। स्वर अभिनयमा करियर बनाउन जटिल र महँगो भएको युगमा, हामीले एक क्रान्ति सुरु गर्ने निर्णय गर्यौं!
यात्रा सहज रहेको छैन तर हामी पहिलाभन्दा धेरै सबल छौं।
एकपछि अर्को गर्दै, हामीले तपाईंको घरमा भ्वाइस ओभर उद्योग ल्याउनका लागि एक डिजिटल सेवा सिर्जना गरेका छौं। हामीले तपाईंलाई यस लक्ष्यमा समावेश गरेका छौं र यो सपनामा भाग लिनका लागि तपाईंमा भरोसा गरिरहेका छौं।
कसैले पछाडि फर्किएर हेरेको छैन।
हामी आयौं, हामीले विश्व परिवर्तन गर्यौं र हामी यहाँ [यहाँ छोटो पज लिनुहोस्] बस्नका लागि छौं।
हामी तपाईं माझ भ्वाइसओभर उद्योग ल्याउँदै छौं।
Script 3
[यो रेकर्डिङ हाम्रो उत्पादन भिडियोमा प्रयोग गरिने छ। हामीले यसलाई जोशिलो, रोचक र प्रवाही सुनिने बनाउन आवश्यक छ]
पेशागत भ्वाइस ओभर पाउनका लागि हामी किन सबैभन्दा राम्रो विकल्प हौं?
सुरु गर्नका लागि, हामी हाम्रो गुणस्तर नियन्त्रण टोलीद्वारा परीक्षण गरिने उच्च गुणस्तरका भ्वाइस ओभरहरू मात्र प्रस्तुत गर्छौं। यस बाहेक, भ्वाइस ओभर प्रदान गर्ने हाम्रा कलाकारहरूसँग तपाईंसँग उपयुक्त हुने खालका धेरै भाषा, शैली र मूल्यहरूमा हजारौं विकल्पहरू छन्! यसका साथै, हाम्रा परियोजनाहरू हाम्रो सन्तुष्टि ग्यारेन्टीद्वारा समेटिएका छन्, यदि तपाईं परिणामसँग खुसी हुनुभएन भने हाम्रो उत्पादन व्यवस्थापन टोली आएर तपाईंको पैसा फिर्ता दिनु हुने छ। [हरेक शब्दपछि छोटो पज लिनुहोस्] कुनै प्रश्न सोधिएको छैन
हामी ग्राहक सहायताको कुरामा दृढ छौं; हाम्रो टोली मद्दत गर्न पाउँदा खुसी छ। हामीसँग तपाईंको अनुभव अखण्ड, पेशेवर [यहाँ छोटो पज लिनुहोस्] र रमाइलो होस् भन्ने हामी सुनिश्चित गर्छौं!